नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि उदाहरणीय छः देउवा

नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि उदाहरणीय छः देउवा

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेको सहमतिले नेपाली राजनीतिक दल जटिल काम सम्पन्न गर्न आफै सक्षम छन् भन्ने देखाएको पनि बताएका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाद्वारा बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (तेस्रो संशोधन) विधेयक २०७९ माथिको छलफलमा सहभागि हुँदै सभापति देउवाले यस्तो बताएका हुन् ।

‘संसद्मा प्रस्तुत विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको छ,’ सभापति देउवाले भने, ‘सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितको परिपूरण गर्ने र द्वन्द्वलाई पुनरावृत्ति हुन नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको छ।’

Logo