सेना समायोजन र हतियार व्यवस्थापन गर्दा पार्टी विभाजन भए पनि देश बचेको प्रचण्डको दाबी

सेना समायोजन र हतियार व्यवस्थापन गर्दा पार्टी विभाजन भए पनि देश बचेको प्रचण्डको दाबी

केन्द्रबिन्दु
434
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत पार्टी विभाजन भए पनि देश बचेको दाबी गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

यस्तै प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको पनि बताएका छन् । ‘यदि यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता र स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो होला’, प्रचण्डले भने, ‘संसारभर चल्ने यस प्रकारका युद्ध कि त हारमा परिणत भएका छन् कि जितमा ।’

Logo