संसद्को दुई संयुक्त समितिको सभापति चयन आज

संसद्को दुई संयुक्त समितिको सभापति चयन आज

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । सङ्घीय संसद्को दुई संयुक्त समितिको सभापतिको चयन आज हुने भएको छ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति सभापतिको आज चयन हुन लागेको हो ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरे र संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उमेदवारी परेको छ ।

दुवै समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।

Logo