मुकुल ढकालले किन मागे रवि लामिछानेको राजीनामा ?

मुकुल ढकालले किन मागे रवि लामिछानेको राजीनामा ?

केन्द्रबिन्दु
364
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा मागेका छन् । कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा ढकालले पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा माग गरेका हुन् ।

मुकुलले भनेका छन्, ‘तपाईँले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’ उनले सभापति लामिछानेबारे सहकारी प्रकरण र २ वटा पासपोर्ट प्रकरणको पनि कुरा उठाएका छन् । उनले लामिछाने गृहमन्त्री बन्दा सरुवा बढुवामा चलखेल गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु ।’

Logo