टीआरसी विधेयकप्रति वैद्यको ५ बुँदे असहमति

टीआरसी विधेयकप्रति वैद्यको ५ बुँदे असहमति

केन्द्रबिन्दु
420
Shares

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले टीआरसी विधेयकप्रति असहमति प्रकट गरेको छ । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रति पार्टीले ५ बुँदे असहमति प्रकट गरेको हो ।

संसद्बाट विधेयक पारित गरिनु सकारात्मक भए पनि त्यस सन्दर्भका केही महत्त्वपूर्ण विषयमा पार्टीको विरोध तथा असहमति गरेको प्रवक्ता हेमन्त प्रकाश ओली (सुदर्शन)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विधेयकबारे निर्णय लिने प्रक्रियामा संसद्मा छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुभित्र गम्भीर षडयन्त्र लुकेको पार्टीले ठहर गरेको छ । विज्ञप्तिमा राज्यसत्ताको षडयन्त्रपूर्ण रवैयाप्रति सजग रहन आह्वान गरिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरियोस् भन्ने राखेको प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरेका हुन् । उक्त विधेयक पारित गर्नुअघि शीर्ष नेतासहित दलीय आधारमा छलफल गरिएको थियो ।

Logo