युवालाई झुक्काएको भन्दै रास्वपाका ६० जनाभन्दा बढी युवाले गरे पार्टी परित्याग

युवालाई झुक्काएको भन्दै रास्वपाका ६० जनाभन्दा बढी युवाले गरे पार्टी परित्याग

केन्द्रबिन्दु
980
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय सदस्य विजय केसीले रास्वपामा पनि पुराना पार्टीको झैँ नातावाद र कृपावाद हाबी भएको बताउँदै सभापति रवि छामिछानेले युवालाई झुक्काएको आरोप लगाएका छन् । विभिन्न आरोपमा पार्टी सभापति मुछिएपछि नैतिकताले पनि रास्वपामा बस्न मन नलागेको उनले बताएका छन् ।

सोही क्रममा सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै दाङका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् ।

दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रिय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिस्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

Logo