सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्षको निधन

सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्षको निधन

केन्द्रबिन्दु
140
Shares

हुम्ला । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परी निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा सख्त घाइते भएका उनको निधन भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गएराति निधन भएको अस्पतालले जनाएको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए ।

Logo