एउटै मञ्चबाट सम्बोधन गर्दै देउवा, प्रचण्ड र माधव नेपाल

एउटै मञ्चबाट सम्बोधन गर्दै देउवा, प्रचण्ड र माधव नेपाल

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वनेता प्रदीप गिरीको दोस्रो स्मृति दिवस मनाइने भएको छ । कार्यक्रम आज दिउँसो १ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदै छ ।

सो कार्यक्रममा स्कुल अफ डेमोक्रसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एउटै मञ्चमा ल्याउँदै छ । कार्यक्रममा कांग्रेस सभापति देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् । यस्तै, विशिष्ट अतिथिमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई आमन्त्रण गरिएको छ ।

Logo