आजदेखि सुरु हुँदै माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक

आजदेखि सुरु हुँदै माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुने भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् । बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने बताइएको छ । बैठक बिहीबार सम्पन्न हुनेछ ।

साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले प्रदेशस्तरीय परामर्श समितिको बैठक बस्ने निर्णय गरेको थियो । आज बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

Logo