रास्वपाले आगामी स्थानीय तह उपनिर्वाचनमा भाग लिने

रास्वपाले आगामी स्थानीय तह उपनिर्वाचनमा भाग लिने

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ । आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाग लिने भएको छ । आज बसेको बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिनेबारे सहमति भएको हो । तर, यसबारे आधिकारिक निर्णय भने अर्को बैठकले गर्ने बताइएको छ ।

निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा उपयुक्त हुने सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । आयोगका अनुसार ३५ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।

Logo