राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद (तेस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै, मन्त्री चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Logo