प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको छः गृहमन्त्री

प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको छः गृहमन्त्री

केन्द्रबिन्दु
280
Shares

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून नै बनाउन लागिएको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रहरी सम्बन्धमा नयाँ कानून बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसद्मा पेश हुने बताएका हुन् ।

प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरू धमाधम हुने उनको दाबी छ । वर्तमान सरकार डेलिभरि गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाइ छ ।
उनले राजनीतिक स्थिरता र आर्थिक गतिविधि बढाउन संघीय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमान सरकार अगाडि बढिरहेको र त्यसैअनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ रहेको थियो ।

Logo