भ्रष्टाचारको मुद्दामा हदम्यादबारे रविले भने, ‘नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट’

भ्रष्टाचारको मुद्दामा हदम्यादबारे रविले भने, ‘नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट’

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुने बताएका हुन् ।

उनले भने, ‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजार भन्दा बढी कलहरू आएका छन्, धेरैजसो युवाहरूले फोन गरेका छन्, उनीहरूको भनाइ थियो कि भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ, म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिंगो सदनलाई र देशलाई जानकारी गराउँछु कि भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट ।’

साथै उनले दलित अभियान्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रकाउ गरेको विषय सह्य नहुँने बताए । उनले दलितहरूले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुने स्पष्ट पारे ।

Logo