कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ । साउन २८ गतेबाट स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने भएको छ । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।

बैठकमा महामन्त्री गगन थापाले चुनावी गठबन्धन गर्न नहुने र विश्वप्रकाश शर्माले प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारे पार्टीमा प्रस्ताव गरेपछि बैठकले नयाँ मोड लिएको छ । उनीहरूको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गरेपछि बैठक रोकिएको थियो । रोकिएको बैठक आज पुनः बस्न लागेको हो ।

Logo