महिलामाथि दुर्व्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्यः मन्त्री साह

महिलामाथि दुर्व्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्यः मन्त्री साह

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथि दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताएका छन् । शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरूले लैङ्गिक भेदभाव र घरेलु हिंसाको शिकार हुनुपरेको बताएका हुन् ।

उनले भने, ‘नेपालको संविधानले हरेक नागरिकहरूलाई स्वतन्त्रताको हक दिएको छ । सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ । महिलाकोे हक दिएको छ । महिलाहरूको हक र अधिकारको रक्षा, संवर्धन र प्रवर्द्धन गर्न राष्ट्रिय प्रयासहरू भइरहेका छन् । हाम्रो समाजमा लैङ्गिक भेदभाव, घरेलु हिंसा, दुर्व्यवहारका घटना भइइरहेका छन् । यस्तो हुनु सभ्य समाजका लागि दुर्भाग्य हो ।’

साथै उनले लैङ्गिक भेदभाव हटाउन सबै एकजुट हुन जरुरी रहेको बताए । उनले राष्ट्र विकासको नाममा सामाजिक मुद्दाहरूमा विविधता देखिएको जिकिर गरे । यस्तै मन्त्री सुडीले कानूनमा भएका व्यवस्थाअनुसार महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको सरकारले सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।

Logo