युवाहरूले आज प्रधानमन्त्री निवास बालुवाटार घेर्दै

युवाहरूले आज प्रधानमन्त्री निवास बालुवाटार घेर्दै

केन्द्रबिन्दु
364
Shares

काठमाडौँ । सरकार भ्रष्टाचारी बचाउने खेलमा लागेको बताउँदै विभिन्न युवा अभियान्ताहरूले आज बालुवाटार घेराउ गर्ने उद्घोष गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भदौ ८ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउमा सहभागी हुन उनीहरूले आह्वान गरेका छन् ।

अभियान्ताहरू डा. निकोलश भुषाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, विजय कँडेल, सोम शर्मा, समिरा पोखरेल, अर्जुन पौडेल र खेमराज साउँदले बालुवाटार घेराउन गर्न लागेको बताएका छन् ।

वक्ताहरूले बिहीबार राति ३ बजे सन्तोस राजावादी लगायतलाई गिरफ्तार गरेर युवा आवाज थुन्न खोजेको र आफ्ना काला कर्तुत र भ्रष्टचारी जोगाउन सरकार षड्यन्त्रका तानाबाना बुनिरहेको उनीहरूले आरोप लगाएका छन् ।

उनीहरूले ललिता निवास, भुटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन् ।

Logo