देउवाको घरअघि शंकास्पद वस्तु फेला, सेनाले खोतल्दा भित्र भेटियो माटो

देउवाको घरअघि शंकास्पद वस्तु फेला, सेनाले खोतल्दा भित्र भेटियो माटो

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि आज बिहान कालो रंगको शंकास्पद वस्तु भेटिएको छ । नेपाली सेनाको टोलीले शंकास्पद झोला खोतल्दा शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराका अनुसार शंकास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र भाँडोभित्र माटो भेटिएको हो । झोलाभित्रबाट तार बाहिर निस्किएको देखिएपछि स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए ।

बोहराले शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

Logo