वर्तमान सरकारले उत्कृष्ट काम गरेर देखाउँछः मन्त्री सिंह

वर्तमान सरकारले उत्कृष्ट काम गरेर देखाउँछः मन्त्री सिंह

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले अगाडिको सरकारभन्दा उत्कृष्ट काम गरेर देखाउने बताएका छन् । त्यसका लागि योजना अनुसारका काम अगाडि बढाइरहेको बताएका छन् ।

आइतबार वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले भने, ‘वर्तमान सरकार कांग्रेस एमालेलगायत अरू दलहरू मिलेर बनेकाले सुशासनदेखि हरेक कुरामा राम्रो गरिरहेको छ । अझै अगाडिको सरकारको अवस्थाभन्दा राम्रो सुधार गर्नका लागि काम अगाडि बढाउँद ैछौँ ।’

साथै उनले उपभोक्ताको जीवन सहज गर्न बजारमा देखिएका आपूर्ति सिस्टममा देखिएका कमिकमजोरीलाई हटाउनुपर्ने धारणा व्यक्त गरे । उनले बजारमा देखिएका समस्यालाई सरकारले समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

Logo