नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि, पदाधिकारी चयनबारे छलफल हुने

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि, पदाधिकारी चयनबारे छलफल हुने

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । थापागाउँस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल महाधिवेशनको हलबाट निर्वाचित भएका थिए । बाँकी १८ सदस्य पदाधिकारी चयन गर्नुपर्नेछ ।

Logo