नेताहरूलाई बालेनको चेतावनीः अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या नगर्नू

नेताहरूलाई बालेनको चेतावनीः अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या नगर्नू

केन्द्रबिन्दु
448
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रम नछर्न पार्टीका नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन् । सर्वोच्च अदालतको निर्णयलाई महानगरको निर्णय भनी भ्रम नछर्न उनले चेतावनी दिएका हुन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले अदालतको आदेशमै बागमती, विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र तोकेको र त्यसलाई महानगरको निर्णय भनी भ्रम नफैलाउन चेतावनी दिएका हुन् ।

‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन’ उनले लेखेका छन्, ‘अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरूले जनता माझ भ्रम नछर्नु होला।’

Logo