प्रधानमन्त्रीले दिए कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना

प्रधानमन्त्रीले दिए कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । यस्तै गौरा पर्वका अवसरमा आज राजधानीको टुँडिखेलमा कार्यक्रम छ ।

Logo