नेकपा एसको पदाधिकारी निर्वाचन आज, यी हुन् चुनाव हुन लागेका १८ पद

नेकपा एसको पदाधिकारी निर्वाचन आज, यी हुन् चुनाव हुन लागेका १८ पद

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज पदाधिकारी छान्न निर्वाचन गर्दै छ । सोमबार जारी निर्वाचन तालिकाअनुसार आज बिहान ७ बजेदेखि मनोनयन पत्र वितरण हुनेछ ।

बिहान साढे ७ बजेदेखि उमेदवारी दर्ता सुरु गर्ने कार्यसूची छ । साढे ८ बजेसम्म उमेदवारी दर्ता, त्यसपछि प्रारम्भिक सूची सार्वजनिक हुनेछ । त्यसपछि दाबी विरोध र १२ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

पार्टीको दशौँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूषाललाई निर्वाचित गरेको छ । पार्टीमा २१ पदाधिकारी रहने व्यवस्था भएकामा १८ पदका लागि चुनाव हुँदै छ ।

३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको पार्टीमा वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिवका लागि निर्वाचन हुन लागेको हो ।

Logo