कांग्रेस शीर्ष नेताको बैठक बस्दै, के होला थापा र शर्माको प्रतिवेदन ?

कांग्रेस शीर्ष नेताको बैठक बस्दै, के होला थापा र शर्माको प्रतिवेदन ?

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले बिहान ११ बजे आफ्नो निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् भने शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका छन् । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ ।

२३ साउनदेखि बसिरहेको केन्द्रीय समिति बैठक भोलि सकिँदै छ ।

Logo