नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतको उमेदवारी, उपमहासचिवमा राईसहित ४ जना

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतको उमेदवारी, उपमहासचिवमा राईसहित ४ जना

केन्द्रबिन्दु
448
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उमेदवारी दिएका छन् । यो समाचार तयार पार्दासम्म उपमहासचिव पदमा राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र लक्ष्मण केसीले उमेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सकिएपछि आज दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । पार्टीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिने छ ।

Logo