प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ १६ देखि

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ १६ देखि

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ १६ देखि २५ सम्म गर्ने तयारी गरेको छ ।

भदौ २३ को बिदाको दिनबाहेक अन्य दिन प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने भएको हो । सरकारले केही समयअघि विभिन्न १७ मुलुकमा राजदूत नियुक्तिको लागि सिफारिस गरेको थियो । संसद्का प्रवक्ता एकराम गिरीकाअनुसार राजदूतहरूको सुनुवाइ सुरुवात भइसकेको र अब उजुरीकर्ताहरू र त्यसपछि राजदूतहरूलाई बोलाएर सुनुवाइ गरिनेछ ।

Logo