एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाक्री पराजित

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाक्री पराजित

केन्द्रबिन्दु
1.9k
Shares

काठमाडौँ । एकीकृत समाजवादीको पदाधिकारीतर्फको मतगणना सकिएको छ । महिला उपाध्यक्षमा चर्चित महिला नेत्री रामकुमारी झाक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी छिन् ।

नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती राई १९९ मताका साथ विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाक्री ११२ मत मात्र प्राप्त गरी पराजित भइन् ।

मत परिणमको आधिकारिक घोषणा हुन भने बाँकी नै छ ।

Logo