नेकपा एसको पदाधिकारीमा को-को चुनिए ? [सूचीसहित]

नेकपा एसको पदाधिकारीमा को-को चुनिए ? [सूचीसहित]

केन्द्रबिन्दु
280
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत पदाधिकारी चयन गरेको छ । पार्टीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।

यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथप्रसाद साह निर्वाचित भएका छन् । खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् भने उपमहासचिवमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

यस्तै सचिव (दलित समुदाय पदमा गणेशबहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय र सावित्राकुमारी भुसाल विजयी भएका छन् ।

Logo