माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु

केन्द्रबिन्दु
70
Shares

धनगढी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ । बैठक पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा धनगढीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी छन् ।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी भएका छन् ।

Logo