नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, चुनाव हारेका नेतालाई व्यवस्थापन गरिने

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, चुनाव हारेका नेतालाई व्यवस्थापन गरिने

केन्द्रबिन्दु
434
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । पार्टीले बिहीबारका लागि बैठक आह्वान गरेको थियो ।

उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक आज बिहान ११ बजेका लागि बोलाएको हो ।

नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरूको जिम्मेवारी हेरफेर गरिने छ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरूलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ ।

Logo