देउवाले सुरु गरे महामन्त्रीसँग छलफल

देउवाले सुरु गरे महामन्त्रीसँग छलफल

केन्द्रबिन्दु
532
Shares

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल सुरु गरेका छन् । देउवा निवास बुढानीलकण्ठमा छलफल सुरु भएको हो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा महामन्त्रीद्वयसँग देउवाले छलफल गरिरहेका हुन् ।

साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेको एक्जीट पोलिसीसहितको प्रतिवेदन र महामन्त्री गगन थापाले प्रस्तुत गरेको कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भन्ने प्रस्तावमा विवाद छ ।

Logo