छानबिन समितिका प्रतिवेदन तथ्यपरक थिए भने कार्यान्वयन हुन किन सकिरहेको छैन ?

छानबिन समितिका प्रतिवेदन तथ्यपरक थिए भने कार्यान्वयन हुन किन सकिरहेको छैन ?

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् । बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन्, त्यसबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘छानबिन समिति बन्ने गरेका छन् । बनेका छानबिन समिति कतिको सत्य र तथ्यमा आधारित छन्, त्यसको समीक्षा गर्ने बेला भएको छ ।’ उनले अगाडि भने,‘यदि दिएका प्रतिवेदन तथ्यपरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन ?’ उनले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिए ।

Logo