महामन्त्रीद्वयसँग मिलेन देउवाको कुरा, बोलाए पूर्वपदाधिकारीसहितको बैठक

महामन्त्रीद्वयसँग मिलेन देउवाको कुरा, बोलाए पूर्वपदाधिकारीसहितको बैठक

केन्द्रबिन्दु
616
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन जसरी भए पनि परिमार्जन गराउन खोजेका छन् । त्यसका लागि उनले आज महामन्त्रीद्वय थापा र शर्मासँग आफ्नो निवासमा छलफल गरेका छन् ।

तर महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । आज पनि कुरा नमिलेपछि शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्वपदाधिकारीसहित बैठक बस्ने बताइएको छ ।

Logo