वायुसेवा निगम यसरी चल्दैन, यसलाई निजीकरण गरौँः यादव

वायुसेवा निगम यसरी चल्दैन, यसलाई निजीकरण गरौँः यादव

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अब कुनै बहानाविना वायु सेवा निगमलाई व्यवस्थित गर्नका लागि काम गर्नुपर्ने बताएका छन् । बिहीबार समितिमा भएको नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले नेपाल वायु सेवाले नेपालको प्रतिनिधित्व गर्ने भन्दै यस विषयमा साझा निष्कर्षलाई कार्यान्वयन गर्नेगरी अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘राज्य सत्ता सञ्चालन कसरी भइरहेको छ त्यसको नेपाल वायु सेवा भनेको प्रतिनिधि हो । यसरी चल्दैन यसलाई निजीकरण गरौँ । सबैको साझा चिन्ताको विषय हो । समस्याको बोध सबैलाई छ तर समस्याको समाधान कसरी गर्ने भन्ने कुरा फरक फरक हुनसक्छ । यसमा साझा निष्कर्षलाई कार्यान्वयन गर्ने गरी अगाडि बढ्नुपर्छ । अब कुनै पनि बहाना बनाएर उम्किन पाउने छैन । समस्या समाधान गर्नेगरी अगाडि बढ्नुपर्छ ।’

यस्तै, उनले वायु सेवा भनेको संवेदनशील विषय भएको भन्दै कुनै पनि बहानामा पछि नहट्ने भन्ने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘यस्तो संवेदनशील विषय र अन्तरराष्ट्रिय रूपमा नेपालको मान राख्ने विषयको व्यवस्थापन राम्रो हुनुपर्छ । बस चलाउने मान्छे पनि बढी व्यवस्थित हुन्छ होला चाडपर्व आएपछि । हामी वायु सेवा सञ्चालन गर्ने कुरा गर्दै छौँ । यो संवेदनशीलतालाई बुझ्न सकेनौँ भने हामी कहाँ पुग्छौ होला भन्ने हाम्रो साझा चिन्ता हो । अब कुनै पनि बहानामा पछि नहट्ने भन्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ ।’

राज्यभन्दा मान्छे बलियो देखिएको र उसले नै राज्यलाई घुमाउने जुन प्रवृत्ति देखिएको छ त्यो राम्रो नभएको र चिन्ताको विषय भएको बताए ।

Logo