संसद्मा एमाले सांसद्ले नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियोस् भनेपछि….

संसद्मा एमाले सांसद्ले नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियोस् भनेपछि….

केन्द्रबिन्दु
1.7k
Shares

काठमाडौँ । नेकपा (एमाले) का सांसद किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका हुन् ।

‘हामीले सोचेका थियौँ, हाम्रो संविधान संविधानसभामार्फत आफैँ लेख्यौँ,’ उनले भने, ‘सबै नेताहरूले यसलाई विश्वको उत्कृष्ट संविधान भने । तर, यो संविधानले उन्नति नै दिइराखेको छ, न त पहिचान । त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिऔँ ।’

Logo