प्रस्तावित १७ देशका राजदूतहरूका उजुरीकर्तासँग आज छलफल हुने

प्रस्तावित १७ देशका राजदूतहरूका उजुरीकर्तासँग आज छलफल हुने

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरीकर्ताहरूसँग आज छलफल हुने भएको छ । प्रस्तावित कार्यतालिकाअनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ ।

त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने बताइएको छ । राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ ।

Logo