चलचित्र विकास बोर्डको अध्यक्षमा एमाले निकट डीसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा एमाले निकट डीसी नियुक्त

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) लाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो । तीमध्ये सरकारले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय हो । डीसी फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी हुन् । उनले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट नेपाली रंगमञ्चमा डेब्यु गरेका थिए ।

डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष हुन् ।

Logo