सरकारको मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

सरकारको मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ । सरकारको मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । निजामती सेवाका सचिवमध्ये वरीयताक्रममा चौथो नम्बरमा रहेका अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गर्ने निर्णय लिएको हो ।

२०२४ मंसिर १० मा जन्मिएका अर्यालले करिब १५ महिना मुख्यसचिव पद सम्हाल्नेछन् । अर्याल २०४६ माघमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका थिए । खुला प्रतिस्पर्धाबाट २०५१ साउनमा अधिकृत बनेका उनी आन्तरिक प्रतिस्पर्धाबाट २०५८ मा उपसचिव र २०६७ मा सहसचिव भएका थिए । सचिवमा भने उनी २०७६ फागुनमा बढुवा भएका थिए ।

Logo