म असत्य बोल्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ काम गर्नुपर्छः प्रधानमन्त्री ओली

म असत्य बोल्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ काम गर्नुपर्छः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र अशिष्टतालाई त्यागेर हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेको योगलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय सांसदहरूका लागि जीवन विज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ राख्ने भएकाले योगलाई विशेष महत्त्व दिनुपर्ने बताएका हुन् ।

उनले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन् । योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रूपान्तरण गर्न पनि उनले आग्रह गरे ।

“म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरूको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ ।’’ उनले भने ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाभ्यास गराएका थिए ।

Logo