सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ र सातौँ वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत आइतबार बसेको परिषद्को ३४औँ बैठकले आव २०७९-८० र आव २०८०-८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको परिषद् सचिवालयले जनाएको छ । बैठकले संविधानबमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

बैठकमा वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रिय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको थियो । बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारेमा छलफल भएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, कायममुकायम प्रधानसेनापति र रक्षासचिव सहभागी थिए ।

Logo