कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, गगन र विश्वप्रकाशको प्रतिवेदन पारित होला ?

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, गगन र विश्वप्रकाशको प्रतिवेदन पारित होला ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । गत साउन २३ गतेदेखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगन भएको थियो ।

थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको एक्जिट पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनका वेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ । बैठक दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आजै सकिने नेताहरूले जनाएका छन् ।

Logo