सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न कांग्रेस उपसभापतिको माग

सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न कांग्रेस उपसभापतिको माग

केन्द्रबिन्दु
154
Shares

इलाम । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरीएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति शुरु गरेको बताएका छन् । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमिति १(१)को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले सो कुरा बताएका हुन् ।

उनले सुनकाण्डका आरोपीलाई अघिल्लो सरकारले उन्मुक्ति दिएको भन्दै प्रश्न गरे ‘उहाँहरूको सुशासन त्यही थियो ?’ असल शासनको कुरा मात्रै गरेर नहुने भन्दै अहिलेसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताए ।

उनले संविधान संसोधन गरेर सांसदको संख्या घटाउनुपर्ने बताए । उनले प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिकको व्यवस्था राख्नुपर्ने घारणा राखे । उनले अर्थतन्त्र सुधारका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताए । उनले स्थानीय मदिरालाई ब्राण्डिङ गरेर करको दायरामा ल्याउनुपर्नेमा समेत जोड दिए ।

सम्मेलनमा प्रदेश सभा क्षेत्रिय कार्यसमितिका सभापति निश्कल राईले पार्टीको संरचनात्मक सुधार, उमेदवार छनोट प्रक्रियामा सुधारलगायतका प्रस्तावसहितको राजनीतिक, सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

सम्मेलनमा नेपाली कांग्रेस इलामका जिल्ला सभापति डम्बर खड्का, पूर्वसभापति केशव थापा, क्षेत्रिय सभापति समशेर राई, नेता भेषराज आचार्य, जिल्ला उपसभापति खगेन्द्र देवानलगायतले मन्तव्य राखेका थिए ।

Logo