महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैनः मन्त्री साह

महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैनः मन्त्री साह

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)ले महिला र पुरुषबीच लैगिंक भेदभाव अन्त्य गर्न सरकार लागिपरेको बताएका छन् । मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बिचको खाडल पुर्नेगरी काम गरिरहेको बताए ।

उनले भने, ‘महिला र पुरुषबीचमा खाडल हुने अवस्था छैन । मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदनहरू गम्भीरतापूर्वक कार्यान्वयनका लागि सरकारको क्षमता अनुसार दातृ निकायहरूसँग समन्वय गरेर हामी आफ्नो समस्याहरूलाई निदान गर्ने र महिलाहरूको अवसरलाई उकासेर पुरुषको बराबरीको अवस्थामा ल्याउने दायित्व हो । आजको युगमा महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन ।’

लैंगिक समानताको अधिकारकै कारण युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरूको प्रगति भएको मन्त्री साहको भनाइ छ । नेपालमा पुरुष मात्र काममा जाने र महिलालाई चुलोचौकोमा थुनेर राख्ने प्रवृति रहेको उल्लेख गर्दै उनले जनचेतना फैलाउँदै यसको अन्त्य गर्नुपर्ने बताए । ‘युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरूमा प्रगति हुनुको मुख्य कारण नै लैंगिक समानताको अधिकार हो । नेपालमा पुरुष मात्र काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने गरेको पाइन्छ । त्यो अवस्था अब हुँदैन । अब बिस्तारै चेतनाको विकास भइरहेको छ । महिला र पुरष मिलेर काम गर्ने हो भने हाम्रो देशबाट पनि छिट्टै गरिबी हट्छ,’उनको भनाइ छ ।

Skip This
Skip This
Logo