एमाले पोलिटब्यूरो बैठक बस्दै

एमाले पोलिटब्यूरो बैठक बस्दै

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

उनका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ ।

Skip This
Skip This
Logo