कसैको बैसाखी नटेकेर एक्लै चुनाव लड्ने एमालेको निष्कर्ष

कसैको बैसाखी नटेकेर एक्लै चुनाव लड्ने एमालेको निष्कर्ष

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ । बुधबार पोलिट्ब्युरो बैठकपछि एमालेले पनि बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो ।

बुधबार पोलिट्ब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन । त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो । आज पनि एक्लै चुनाव लड्छौँ । कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ ।’

उनले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालेको बताए । तत्काल कुनै वामपन्थी मोर्चा नबन्ने निष्कर्ष निकालिएको जानकारी दिए । बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा ५१ जना सदस्यले आफ्नो धारणा राखेका थिए । प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिएका थिए । बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

Skip This
Skip This
Logo