लोसपाको कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

लोसपाको कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै छ । आजको बैठकमा कार्यकारिणी समितिका सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । धारणा राख्ने क्रम सकिएपछि नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ ।

आजको बैठकमा स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, महाधिवेशनको तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवस्थाबारे समीक्षा हुने बताइएको छ ।

हिजो सुरु भएको बैठकमा संविधान संशोधनका लागि पार्टीको स्पष्ट दृष्टिकोण बनाउन सदस्यहरूले माग गरेका थिए । उनीहरूले मुलुकमा देखिएका समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

Skip This
Skip This
Logo