दसैँतिहार मनाएपछि वर्तमान सरकार आफैँ ढल्छ, कसैले ढाल्नुपर्दैनः माओवादी नेता किराती

दसैँतिहार मनाएपछि वर्तमान सरकार आफैँ ढल्छ, कसैले ढाल्नुपर्दैनः माओवादी नेता किराती

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले वर्तमान सरकार दसैँ–तिहार मनाएपछि आफैँ ढल्ने बताएका छन् । अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै किरातीले यो सरकार आफैँ ढल्ने भएकाले कसैले ढाल्नु नपर्ने बताएका हुन् ।

वर्तमान सरकार साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको उनले आरोप लगाए । माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलनतर्फ केन्द्रित हुने उनको भनाइ थियो ।

Logo