सामाजिक रूपान्तरणका लागि तीजबाट प्रेरणा प्राप्त हुन्छः अध्यक्ष दाहाल

सामाजिक रूपान्तरणका लागि तीजबाट प्रेरणा प्राप्त हुन्छः अध्यक्ष दाहाल

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रूपान्तरण ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएका छन् । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै अध्यक्ष दाहालले सामाजिक रूपान्तरणका लागि तीजबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे । उनले जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका बलमा जारी भएको नेपालको संविधानबाट प्राप्त अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिए ।

अध्यक्ष दाहालले हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरे ।

“नेपाली महिलाले परापूर्वकालदेखि धार्मिक सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणका अवसरका रूपमा समेत लिनुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु”, अध्यक्ष दाहालले शुभकामना सन्देशमा भनेका छन् ।

Logo