जनताका लागि जन्मिएको रास्वपाले भ्रष्टाचार गर्न सक्दैनः उपसभापति अर्याल

जनताका लागि जन्मिएको रास्वपाले भ्रष्टाचार गर्न सक्दैनः उपसभापति अर्याल

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने बताएका छन् । चार महिना सरकारमा बस्दा गरेका कामहरु देखेर राजनीतिक पेशा बनाएकाहरु तर्सिएको पनि बताए ।

शनिबार सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन एवं बृहत् भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने दावी गरेका हुन् ।

उनले भने,‘चार महिना सरकारमा रहँदा भ्रष्टाचारका फाइलहरु खुल्दा राजनीतिक पेशा बनाएकाहरु तर्सिएका छन् । हामी विचलित हुनेवाला छैनौं, परिमार्जन भएर अगाडि बढ्दै जान्छौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भ्रष्टाचार गरे भने अथवा भ्रष्टाचार गरेको पुष्टि भयो भने जोगाउन सकिँदैन ।’

साथै उनले समय र परिस्थितिले जस्तो ठाउँमा पुर्याए पनि विचलित नभएको बताए । उनले भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएको पार्टी कहिले विचलित नहुने दाबी गरे । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा २०७९ साल असार ७ गते राष्ट्रिय सभा गृहमा पार्टी सभापति रवि लामिछाने जे बोल्नु भएको थियो हामी त्यहीँ हौं । भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएका हौं । त्यहीँ अडिग रहि रहनेछौं । कतै विचलित भएका छैनौं, चेन्ज भएका छैनौं ।’

Skip This
Skip This
Logo