कांग्रेसकी चित्रलेखा अष्ट्रेलियाको राजदूतमा सिफारिस

कांग्रेसकी चित्रलेखा अष्ट्रेलियाको राजदूतमा सिफारिस

केन्द्रबिन्दु
378
Shares

काठमाडौं । पूर्वउपसभामुख चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस भएकी छन् । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेस नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएपछि उनको स्थानमा यादवको नाम सिफारिस गरिएको हो । यसअघि सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो ।

Logo