कि भन्नपर्‍यो त्यो वेला हाम्रो बुद्धि पुगेन, या भन्नपर्‍यो अहिले हाम्रो दाउ अर्कै छः बालेन

कि भन्नपर्‍यो त्यो वेला हाम्रो बुद्धि पुगेन, या भन्नपर्‍यो अहिले हाम्रो दाउ अर्कै छः बालेन

केन्द्रबिन्दु
1.6k
Shares

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) ले नदीतटको मापदण्डबारे फेसबुकमा पोस्ट गरेका छन् । उनले आज फेसबुकमा ‘उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्रबारेमा प्रश्न गर्नैपर्ने’ बताएका हुन् ।

उनले लेखेका छन्, म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु भन्ने तपाईँले थाहा पाउनुभन्दा पनि ३ वर्ष अगाडि न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो । त्यति वेला अहिले प्रधानमन्त्री रहेका खड्गप्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नुभएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाडौँका मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि नदीतट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यही हो । पक्ष र विपक्ष दुबैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार रहन्छ ।

‘प्रधानमन्त्री खड्गप्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यीमध्ये कसैको असहमति रहेन ।’ उनले लेखेका छन् ।

हामीले खोज्ने जवाफ यति हो, त्यो वेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्‍यो, त्यो वेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्‍यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ । हाम्रो सधैँ त्यही कुरा छ । नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा पछि धोका पाउनु हुनेछ सरकारबाट अर्को मापदण्ड ल्याएर ।

Logo